+
+

दुई महिनामा गौतमबुद्ध विमानस्थलबाट २७ लाखको आयात, २८ लाखको निर्यात

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १४:५१
फाइल तस्वीर

९ असोज, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । निर्यात भने २८ लाख ३४ हजार रुपैयाँ बराबरको भएको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्यांक अनुसार आयात २६ लाख ८१ हजार रुपैयाँ बराबरको भएको हो । यो कुल आयातको तुलनामा भने निकै सानो अंश हुन जान्छ । यस विमानस्थलबाट जजिरा एयरवेजले नियमित दैनिक उडान गरिरहेको छ ।

कम्पनीले केही समय अगाडिबाट कार्गो सेवा समेत थालेको थियो । यो विमानस्थलस्थित भन्सार बिन्दुबाट आयात भन्दा निर्यात केही धेरै भएको पाइएको छ ।

चोभारबाट कति ?

चालु आर्थिक वर्षमा चोभारस्थित सुख्खा बन्दरगाहबाट हुने व्यापार भने बढ्न थालेको देखिएको छ । दुई महिनामा चोभारबाट ६ करोड ७८ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । यस बन्दरगाहबाट दुई महिनामा निर्यात भने ३३ लाख रुपैयाँ बराबरको मात्र भएको छ ।

नेपालमा भन्सार बिन्दु अनुसार सबैभन्दा धेरै आयात–निर्यात वीरगञ्ज भन्सारबाट हुने गरेको छ । वीरगञ्जबाट दुई महिनामा ९९ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको ३६.५२ प्रतिशत हिस्सा हो ।

निर्यात समेत यस भन्सार बिन्दुबाट ७ अर्ब ४७ करोड ४५ लाख रुपैयाँ बराबरको भएको छ । यो कुन निर्यातको २६.०६ प्रतिशत हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार बिन्दुबाट दुई महिनामा २६ अर्ब ६९ करोड रुपैयाँको आयात हुँदा ६ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?