+
+

धनुषाबाट १९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १६:०६

९ असोज, जनकपुरधाम। धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँ बस्ने ५० वर्षीय चन्द्रकान्त झा रहेका छन् ।

शरीरको विभिन्न भागमा लुकाएर सनइकल सवार भइ भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको छ ।

बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?