+
+

कार्यस्थलमा आधारित तालिम गर्न उद्योग वाणिज्य महासंघले गर्‍यो सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १८:५५

९ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले युरोपियन युनियन, ब्रिटिस काउन्सिल, दक्षता परियोजना र आईएलओको सहयोगमा विभिन्न चार वटा क्षेत्रलाई समेटेर कार्यस्थलमा आधारित छोटो अवधिको तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महासंघ अन्तर्गतका वस्तुगत संघ फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल, रेष्टुरेन्ट एण्ड वार एसोसिएसन अफ नेपाल र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्ससँग कृषि, पर्यटन, उत्पादनमूलक, पूर्वाधार क्षेत्रलाई समेटेर तालिम गर्न सम्झौता भएको महासंघले जनाएको छ ।

नेपाल मत्स्य व्यवसायी संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ र नेपाल अलैंची व्यवसायी महासंघसँग समेत नेपाल उद्योग वाणिज्य महासंघले कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

चार महिनाको उक्त परियोजनामार्फत १ सय ५० जनालाई कार्यस्थलमै तालिम दिइने छ । तालिमपश्चात उनीहरुलाई रोजगारीमा समेत परिचालन गरिने महासंघले जनाएको छ । तालिम पूर्वमा झापा, मोरङ, सुनसरी र काठमाडौमा सञ्चालन हुनेछ । पूर्वमा अदुवा, अलैंची तथा मत्स्य व्यवसाय र काठमाडौंमा उत्पादनमुलक (छाला जुत्ता) र पर्यटन (वेटर कुक, एयर टिकटिङ र टुर प्रडक्ट डेभलपमेन्ट) सँग सम्बन्धित छोटो अवधिको कार्यस्थलमा आधारित तालिम सञ्चालन गरिने भएको छ ।

महासंघ सचिवालयमा शनिबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं महासंघको वस्तुगत परिषद्‍का सभापति अन्जन श्रेष्ठले दक्ष जनशक्ति अभाव भइरहेको अहिलेको समयमा महासंघ, आईएलओ र सदस्य वस्तुगत संघहरुको संयुक्त सहकार्यमा हुने तालिम कार्यक्रमबाट दक्ष र सीपयुक्त जनशक्ति उत्पादन र आपूर्तिमा ठूलो सहयोग पुग्ने बताए ।

महासंघका उपाध्यक्ष श्रेष्ठले वार्षिक ५ लाख युवा जनशक्ति रोजगारीका लागि श्रम बजारमा प्रवेश गर्ने र जसमध्ये करिब ७० प्रतिशत रोजगारीमा जाने गरेका र ती मध्ये अधिकांश अदक्ष र अर्धदक्षनै जाने गरेको तथ्यांक प्रस्तुत गरे ।

आईएलओका नेशनल प्रोजेक्ट कोअर्डिनेटर शौरमराम जोशीले सिप विकासमा काम गर्ने धेरै संस्था भएपनि त्यसले राष्ट्रिय आवश्यकतालाई पूरा गर्न नसकिरहेको समस्या सम्वोधन गर्न आईएलओले महासंघसंग मिलेर यो कार्यक्रम ल्याएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?