+
+

उद्यमशिलता प्रवर्द्धन गर्न ‘काठमाडौं हब’

'के हब' युवाहरुलाई उद्यम क्षेत्रमा सम्भावना देखाउने कार्यक्रम हो - उपप्रमुख डंगोल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १८:२८

९ असोज, काठमाडौं । काठमाडौं मेट्रोपोलिटन सिटी हब (के-हब) कार्यक्रममा १० वटा आइडियाले  अन्तिम रूप पाउँदैछन् । आवेदक ३० समूहमध्ये विभिन्न चरणका छनौट प्रक्रिया पार गर्दै उत्कृष्ट १० समूह अन्तिममा पुगेका हुन् ।

के-हब काठमाडौं महानगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले संयुक्त सञ्चालन गरेको युवाहरुबीच उद्यमशीलतामा आधारित तथा उत्पादनमुलक कार्यक्रम थालनी गर्ने कार्यक्रम हो ।

कार्यक्रमलाई अगाडि बढाउनेबारे आज युएनडीपी, एक्सलेरेटर ल्याबका, सोलुसन म्यापिङ् प्रमुख अलिष्का जोशीले महानगरकी उपप्रमुखसँग भेटेर अहिलेसम्म सम्पन्न गरिएका प्रक्रिया र आगामी कार्यक्रमका विषयमा जानकारी गराइन् ।

‘कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट युवाहरुमा उद्यमशीलताका लागि प्रोत्साहन हुनेछ । आफ्नो ठाउँमा कमाइ हुने सम्भावना नदेखेर श्रमका लागि बाध्यताबश बिदेश जानु पर्ने, केही गर्न सकिएन भनेर निराश हुनुपर्ने अवस्थामा कमी ल्याउनमा कार्यक्रमले नतिजा दिनेछ,’ डंगोलले भनिन् ।

महानगरका अनुसार सोच भएका तर कसरी गर्ने भनेर अलमल्लमा परेका युवालाई बाटो देखाउने कार्यक्रमको मुख्य उद्देश्य हो । यसका लागि महानगरले लगानी गरेको हो ।

युएनडीपीका सोलुसन म्यापिङ् प्रमुख जोशीकाअनुसार छानिएका १० वटा सोचमध्ये बाख ननी वाः ले काठमाडौं सहरका पाका मानिसहरुसँग लोक जीवन, जात्रा पर्व, संस्कार तथा संस्कृतिसँग सम्बन्धित पुराना कथा सोधेर त्यसलाई शब्द चित्रमा उतार्नेछ । यसबाट नासिन लागेका अमूर्त संस्कृतिको पुनस्र्थापना र युवाहरुमा पुस्तान्तरण हुने अपेक्षा गरिएको छ ।

बोधी नेचर्सले रसायनविहिन हात धुने र भाँडा माझ्ने साबुन उत्पादन गर्नेछ । यसबाट जल तथा माटो प्रदुषणमा कमी आउने अपेक्षा गरिएको छ । यस्तै रसायनयुक्त साबुनको प्रयोगले उपभोक्तामा परेको स्वास्थ्य समस्यामा कमी हुने महानगरको दाबी छ ।

फ्लोवी भेन्चर्सले पिरियड पेन्टी उत्पादन गर्ने सोचले प्रतिस्पर्धामा आफूलाई उत्कृष्ट १० मा पारेको छ । यो महिलाहरुको महिनावारीसँग सम्बन्धित छ । अहिले महिलाहरुले महिनावारीका समयमा प्याडको प्रयोग गर्ने गरेका छन् । फ्लोवी भेन्चर्सले प्याड लगाउनु नपर्ने पेन्टी उत्पादन गर्नेछ । यो पेन्टी प्रयोगकर्ताले प्याडमा अतिरिक्त खर्च गर्नुपर्दैन ।

अर्को सोच हो ‘हृयाप्पी माइन्ड्स’ । यसमा अनलाइन मनोवैज्ञानिक परामर्श दिइन्छ ।

मुसुर नाम दिइएको सोचमा कोठाभित्रै च्याउ उत्पादन गर्ने प्रविधिको कुरा गरिएको छ । यो एउटा उपकरण हो । यसको प्रयोगबाट मानिसले आफू बस्ने कोठामा नै आफूले खाने च्याउ उत्पादन गर्न सक्छन् । यसले सहरी जीवनलाई सक्रिय बनाउन मद्दत गर्ने तर्क गरिएको छ ।

प्लाष्टिक सोलुसनअन्तर्गतको सोचमा प्लाष्टिकबाट निर्माण सामग्री बनाउने काम गरिन्छ । प्लाष्टिकबाट इँटा तथा सडक निर्माणका लािग सामग्री बनाउनु यो सोचको मुख्य विशेषता हो ।

प्रोजेक्ट क्युब्स स्मार्ट कम्पोष्टिङ् प्रविधि हो । यो आधुनिक कम्पोष्टिङ् प्रणाली हो ।

‘सहज किट’ पनि महिनावारी सँग सम्बन्धित छ । कार्यालयमा काम गर्ने महिला कर्मचारीहरुको कार्यालयमा नै महिनावारी हुँदा व्यवस्थापन गर्न शौचालयमा सहज किटको सुलभ व्यवस्था गर्नु यसको उद्देश्य हो ।

स्कील एण्ड थ्रील सोच साहसिक खेलसँग सम्बन्धित छ । यसमा माउन्टेन बाइकिङ् सम्बन्धी प्रशिक्षण दिइनेछ । यसबाट साहरिक खेलतर्फ नेपाली खेलाडीहरु उत्पादन हुने अपेक्षा गरिएको छ ।

भर्टिकल ग्रीन्स सोचमा प्रविधिमार्फत कौसी तरकारी खेतीलाई विस्तार गरिने योजना छ । कौसीमा गरिने परम्परागत क्रियाकलापलाई प्रविधिले सजिलो बनाउनेछ ।

कार्यक्रम छानिएका सोच तथा सोच कार्यान्वयन गर्ने युवालाई व्यापार अनुसन्धान, लगानीको क्षेत्र र जोखिम, एकल र संयुक्त लगानी, व्यापार प्रबर्धन र सञ्जालीकरण, व्यापारिक कोण, व्यापार गर्दा अबलम्बन गर्नुपर्ने कर सम्बन्धी जानकारी, व्यापारमा प्रबिधिको प्रयोग, व्यापारिक कार्यमा प्राप्त हुने आनुदान रकम र यसको व्यवस्थापन जस्ता बिषयमा ३ महिने तालिम दिइएको छ । तालिममा १५ उत्कृष्ट आइडियाहरु सामेल थिए । त्यसपछिको मूल्याङ्कनबाट १० वटा आइडिया छानिएका हुन् । छानिएका सोचलाई उद्यममा रुपान्तरण गर्न प्रत्येक सोचलाई (५ लाख रुपैयाँ) बीउ लगानी दिइनेछ । सोच निर्माण गर्न स्वास्थ्य, शिक्षा, वातावरण र संस्कृति पर्यटन गरी ४ वटा क्षेत्र दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?