+
+

फेसन शोमा भाग लिन बलिउड अभिनेत्री मानुषी छिल्लर काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते २१:१८
आइतबार बेलुका हायात होटलमा आयोजित टीजीआइएफ फेसन शोमा चिल्लर ।

काठमाडौं । पूर्वविश्व सुन्दरी तथा बलिउड अभिनेत्री मानुषी छिल्लर यतिबेला नेपालको राजधानीमा छिन् । टीजीआईएफ फेसन सप्ताहमा भाग लिन आइपुगेकी उनले आइतबार बेलुका हायात होटलमा र्‍याम्प नापिन् ।

शिवांगी प्रधानको पहिरनमा रनवेमा देखापरेकी उनी शो स्टपरको रुपमा प्रस्तुत भएकी हुन् । न्युड लेबलले प्रस्तुत गरेको फल-विन्टरको पहिरनमा मानुषी आकर्षक देखिएकी थिइन् ।

न्युडले प्रस्तुत गरेको पहिरनमा नेपाली अभिनेत्रीहरु करिश्मा मानन्धर र सुष्मा कार्कीले समेत रनवे नापेका थिए । टीजीआईएफको सन् २०२२ को संस्करणमा नेपाली सेलिब्रिटीले पनि रनवेमा भाग लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?