+
+

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई नीति सम्मान प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते ६:५७

१० असोज, काठमाडौं । यस वर्षको नीति सम्मान नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) ले पाएको छ ।

नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिक उत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई एक लाख रुपैयाँ राशी र प्रमाणपत्रसहित नीति सम्मान प्रदान गरिएको हो ।

यस वर्षको नीति सम्मान ग्रहण गर्दै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख डा। राजन खनालले यस सम्मानले नीति क्षेत्रमा काम गर्न अझै हौसला बढेको बताए ।

प्रतिष्ठानले २०७८ सालबाट आफ्नो स्थापना दिवसको उपलक्ष्यमा सार्वजनिक नीतिको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने संस्था तथा व्यक्तिलाई नीति सम्मान प्रदान गर्न सुरुआत गरेको थियो । अघिल्लो वर्षको नीति सम्मान पुरस्कार काठमाडौं विश्वविद्यालयले प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?