+
+

‘रामसेतु’ टिजर : सम्पदा बचाउन पुरातत्वविद् बनेका अक्षयकुमारको संघर्षको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १३:१४

काठमाडौं । कात्तिक ८ गते प्रदर्शनको तयारीमा रहेको अक्षयकुमार स्टारर बलिउड फिल्म ‘रामसेतु’को टिजर सार्वजनिक भएको छ ।

यो फिल्म सन् २०२२ मा प्रदर्शन हुने अक्षयको पाँचौं फिल्म हो । फिल्ममा अक्षयले एक पुरातत्वविद्को भूमिका निर्वाह गरेका छन्, जसले रामसेतु पत्ता लगाउन र त्यसलाई बचाउने अभियानमा छन् ।

टिजरले फिल्मको कथाबारे धेरै खुलासा त गर्दैन, तर रामसेतु बचाउन तीन दिन मात्र बाँकी रहेको संकेत हामीलाई दिन्छ । कालो सुटमा अभिनेता नासार शक्तिशाली चरित्रमा देखिन्छन् ।

एक मिनेटभन्दा छोटो टिजरमा नुसरत भरुचा, ज्याकलिन फर्नान्डिज र सत्यदेव कञ्चरणा पनि देखिएका छन् । फिल्ममा एक्सन दृश्य समावेश गरिएको छ भने पानीमुनिका दृश्य र अक्षयको एक्सनले पनि धेरैको ध्यान तान्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?