+
+

पोखरा विमानस्थलमा बाजागाजासहित पर्यटकको स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १३:२६

११ असोज, काठमाडौं । ४३ औं पर्यटन दिवसको अवसर पारेर पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ ।

पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा मंगलबार पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकहरुलाई बाजागाजासहित स्वागत गरिएको हो ।

कार्यक्रममा पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी र पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले खादासहित सम्मान गरे ।

सो अवसरमा पोखरामा रहेका विभिन्न पर्यटक संवद्ध संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानबाट पहिलो ओर्लने भारतीय पर्यटक भारती पाण्डे, दोस्रो स्पेनका नागरिक इर्न अर्टिज रोवियो र तेस्रो स्पेनकै जेन्से कार्कोसलाई खादा र प्रमाणपत्रसहित स्वागत गरिएको हो ।

त्यस्तै पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिहरुलाई पोखरा विमानस्थाल अवलोकनका लागि बोलाइएको र पर्यटन प्रवर्द्धनको बारेमा छलफल गर्ने बताए ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखाउँछौं । काठमाडौंमा आउने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका प्रतिनिधिहरुलाई पोखरा बोलाएका छौं’, उनले भने, ‘कोभिडपछि अब हामी पूर्ण रुपमा पर्यटन व्यवसाय सञ्चालन तयार छौं । पोखरालाई पर्यटनसँग झनै धेरै जोड्नका लागि कार्यक्रम गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?