+
+

सिट बाँडफाँट प्रस्ताव शीर्ष तहमा पेश, अन्तिम टुंगो लगाउने प्रयास जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १०:४५

१२ असोज, काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट प्रस्ताव शीर्ष नेतासमक्ष पेश गरेको छ । कार्यदलको प्रस्तावलाई अब शीर्ष नेतामार्फत् टुंगो लगाइने छ ।

कार्यदलका एक जना सदस्य एवम् जसपाका प्रवक्ता मनिष सुमनले केन्द्र र प्रदेश दुबैतिरको सिटको टुंगो लगाएर शीर्ष नेतासमक्ष प्रस्ताव पेश गरेको जानकारी दिए । ‘अब शीर्ष नेताको बैठकले सिट बाँडफाँट टुंगो लगाउने छ,’ उनले भने ।

सिट बाँडफाँट टुंगो लगाउन शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?