+
+

एन्फा कार्यसमितिमा अधिकारी र धिमाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १४:०६

१२ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । बुधबार भएको विशेष साधारणसभामा अधिकारी र धिमालले अन्य दुई प्रतिस्पर्धीलाई पराजित गरे । मतदामा अधिकारीले ५४ र धिमालले ४७ मत पाए । पराजित भएका लोकेन्द्र गुरुङले ४५ र दीपक थापा क्षेत्रीले ७ मत पाए ।

२ सदस्य निर्वाचित भएपछि एन्फाको २१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ । गत ६ असारमा काठमाडौंमा भएको एन्फाको निर्वाचनमा २१ सदस्यीय कार्यसमिति चयन हुनुपर्नेमा १९ जनामात्र चयन भएपछि बाँकी दुई सदस्यको निर्वाचन बुधबार गरिएको हो ।

चार जना सदस्यको मत बराबर भएपछि दुई जना सदस्यको निर्णय हुन बाँकी थियो । त्यतिबेला अर्को साधारण सभाबाट दुई सदस्यको टुङ्गो लगाउने एन्फाले निर्णय गरेको थियो ।

गत असार ६ मा सम्पन्न निर्वाचनबाट अध्यक्षमा पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दीपक खतिवडा र दावा लामा, १३ खुल्ला सदस्यहरुमा महेन्द्र क्षेत्री, भोजराज शाही, मनिष जोशी, अनिल मल्ल, पुरुषोत्तम थापा, विजय नारायण श्रेष्ठ, रविन्द्र चन्द, टीका लामा, रमेश व्यञ्जनकार, भरत बुढ थापा र मणिराज विष्ट तथा महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ निर्वाचित भएका थिए ।

केन्द्रीय सदस्यमा मनिष जोशी (४८), अनिल मल्ल (४७), रवीन्द्र चन्द (४६), विकास नारायण श्रेष्ठ (४४), भोजराज शाही (४४), महेन्द्र क्षेत्री (४४), पुरुषोत्तम थापा (४३), रमेश ब्यन्जनकार (४३), मनिराज विष्ट (४२), टिका लामा (४१), भरत बुढथापा ४० मत प्राप्त गर्दै निर्वाचित भएका थिए । दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?