+
+

साफ यू-१६ महिला च्याम्पियनसिपको तयारी पूरा, खेल एन्फा कम्प्लेक्समा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १६:४७
सुरेश शाह ।

१६ फागुन,  काठमाडौं । फागुन १८ देखि २७ सम्म काठमाडौंमा हुने साफ यू-१६ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रतियोगिता हुन लागेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘हामीले सम्पूर्ण तयारी पूरा गरिसकेका छौं, सहभागी टिम आइसकेका छन्,’ शाहले भने ।

यसअघि ललितपुरको च्यासल रंगशालामा हुने भनिएको यस प्रतियोगिता एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उनले बताए ।

एएफसी र साफको प्राविधिक टोलीले निरीक्षण गरेपछि च्यासलमा खेल गर्न नमिल्ने देखिएकोले आयोजनास्थल सारिएको एन्फा प्रवक्ता शाहले जानकारी दिए ।

प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ १०० र भीआईपी पारापिटतर्फ ३०० कायम गरिएको छ । खेलको टिकट एन्फा कम्प्लेक्स सातदोबाटोमा भौतिक रुपमा किन्न पाइने छ ।

प्रतियोगितामा नेपाल सहित चार राष्ट्रले सिंगल राउण्ड रोवपनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली राष्ट्रिय यु-१६ महिला टोलीले  चक्र तामाङ्गको प्रशिक्षणमा तयारी गरिरहेको छ ।

सहभागी टिमहरु आइसकेका छन् । सहभागी टोलीलाई प्रशिक्षणको लागि च्यासल स्थित च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट २ करोड १२ लाख २० हजार ९०० रुपैयाँ (१६२,४६८ अमेरिकी डलर) रहेको एन्फाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल १८ फागुनमा भारत र भुटानबीच हुनेछ । घरेलु टोली नेपालले पहिलो खेल १९ फागुनमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ४ टिमले राउण्ड रोबिन लिग खेलेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु स्पोर्टजवर्क्जको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?