+
+

विश्वकप छनोट फुटबल खेल्ने प्रारम्भिक टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १५:२०
फाइल तस्वीर

१८ फागुन, काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइन विरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय टोली घोषणा गरेको एन्फाले जनाएको छ ।

नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई खेल खेल्दैछ । प्रारम्भिक टोली ५ नयाँ खेलाडी छन् ।

जसमा डिफेण्डर अजय चौधरी, एन्जल महर्जन र दीपेन्द्र विक तथा मिडफिल्डर रोहन कार्की र फरवार्ड समिर तामाङ छन् ।

प्रारम्भिक टोली

गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की र अभिषेक बराल

डिफेन्डर : अजय चौधरी, अनन्त तामाङ, एइन्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दिपेन्द्र विक, रोहित चन्द, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ

मिडफिल्डर : एरिक विष्ट, विशाल तामाङ, कृतिश रत्न छुन्जु, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरजज्यु ठकुरी र उत्सव राई

फरवार्ड : अञ्जन विष्ट, आयुष घलान, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, राजेश परियार, समिर तामाङ र सञ्जिव विष्ट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?