+
+

सी डिभिजन लिगको तयारी पूरा, विजेतालाई १० लाख पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १८:२०

२१ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा हुने शहीद स्मारक सी डिभिजन लिगको तयारी पूरा भएको छ ।

एन्फाले बुधबार पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि सुरु हुने सी डिभजन लिगको तयारी पूरा भएको जानकारी गराएको हो ।

सी डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा उपत्यकाका ९ र उपत्यका बाहिरका ५ क्लब छन् ।

एन्फाले सी डिभिजन लिग करिब तीन महिना चल्ने जनाएको छ । सिंगल राउण्ड रोविनका आधारमा हुने लिगका कूल ९१ खेल हुनेछन् ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । आवश्यक परेमा भने च्यासल रंगशाला र दशरथ रंगशालमा पनि सी डिभिजन लिगका खेलहरु खेलाउने सकिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

यसैगरी एन्फाले बुधबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि समेत सार्वजनिक गरेको छ ।

प्रतियोगिताको विजेताले उपाधि सहित नगद १० लाख हात पार्नेछन् । उपविजेताले ७ लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी ‘फेयर प्ले’ खेल्ने टोलीले ५० हजार पाउनेछन् ।

सर्वोकृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान ३५ हजार प्राप्त गर्नेछन् भने हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले ५ हजार पाउनेछन् ।

एन्फाको अनुसार लिगको कूल बजेट ३ करोड, ५५ लाख २८ हजार ३५८ छ । लिगको खेल हेर्नका लागि साधारणतर्फ १०० र भिआइपीतर्फ २०० टिकट दर कायम गरिएको र टिकट एन्फा कम्प्लेक्स सातदोबाटोमा बिक्रि गरिने एन्फाले जनाएको छ ।

प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्ट्सलाई प्रदान गरिएको छ । यस्तै लिगका खेलहरु प्राइम टिभी र क्यानडा नेपालको युट्युबबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

बिहीबारदेखि सुरु हुने सी डिभिजन लिगको उद्घाटन खेलमा सुर्खेतको आरसी ३२ एफसी र ललितपुरको खालीबारी युवा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा आरसी ३२ एकेडेमी र खालीबारीसहित सानेपा क्लब, रानीवन स्पोर्ट्स क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा युनाइटेड युथ क्लब, गोलबजार स्पोर्ट्स क्लब, झम्सिखेल युथ क्लब, स्पोर्ट्स एकेडेमी साँगा, स्वयम्भू क्लब, सोसियल वेलफेर स्पोर्ट्स सेन्टर क्लब, सामाजिक युथ क्लब, महाविर स्टडिज एण्ड एथ्लेटिक्स एसोसिएसन र बागमती युथ क्लबले खेल्नेछन् ।

प्रतियोगितामा पहिलोपटक उपत्यका बाहिरका ५ टिमले सहभागिता जनाउन लागेको एन्फाले जनाएको छ । जसमा बागमती युथ क्लब (सर्लाही), गोलबजार युथ क्लब (सिराहा), आरसी ३२ फुटबल एकडेमी (सुर्खेत), रानीवन स्पोर्ट्स क्लब (बाजुरा) र स्पोर्ट्स एकेडेमी साँगा (काभ्रे) छन् । यस बाहेक काठमाडौंबाट ५ र ललितपुरबाट ४ क्लब छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?