+
+

एन्फाको वार्षिक क्यालेण्डर सार्वजनिक, ए डिभिजन लिग अर्को वर्षको पुसमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १६:३३

१४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८०/८१ को वार्षिक क्यालेण्डर पारित गरेको छ ।

सोमबार बसेको २५ औं साधारण सभामार्फत पारित वार्षिक क्यालेण्डरमा

महिला र उमेर समूहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु समावेश गरिएको छ ।

सोमबार सार्वजनिक क्यालेण्डर अनुसार नेपालको शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग २०८१ पुुसमा हुने छ ।

ए डिभिजन लिग अघि २०८१ को असोज÷कात्तिकमा नेपाल सुपर लिग एनएसएल हुने छ ।

बी डिभिजन र सी डिभिजनका खेलहरु एउटै समय २०८० को चैतमा हुने क्यालेण्डरमा समावेश छ । क्लबहरुसँग छलफल गरेर नै क्यालेण्डर तय गरेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।

२ वर्षपछि एन्फाले महिला फुटबल लिग सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।

महिला लिगमा पहिलो राउन्डमा ७ प्रदेशले सिङ्गल राउन्ड रोबिनमा आधारित खेल खेल्नेछन् ।

ती मध्ये शीर्ष ३ ले २०८१ मा ३ विभागीय क्लब र विदेशी क्लबहरुसमेत सहभागी गराएर प्रतियोगिता गराउने एन्फाले जाएको छ ।

फुटसल प्रतियोगिता २०८१ वैशाख र जेठमा काठमाडौं र पोखरामा हुनेछ । यू–१४ विद्यालयस्तरीय प्रतियोगितामा महिला र पुरुष दुवैको प्रतियोगिता जेठ र असारमा हुनेछ ।

यू–१६ युथ च्याम्पियनसिप २०८१ को साउनदेखि असोजसम्म हुने छ ।

ग्रासरुट लिग, प्रदेश स्तरीय लिग, एन्फा प्रेसिडेन्ट लिगलाई पनि क्यालेन्डरमा समावेश गरिएको छ । यी प्रतियोगिताहरु २०८१ साउनदेखि असोजसम्म हुनेछन् ।

ललित मेमोरियल यू–१८ युथ लिग, यू–१८ महिला युथ लिग कात्तिकदेखि पुससम्म हुनेछन् ।

अर्को वर्षको बी डिभिजन फुटसल लिग २०८१ असोज/कात्तिकमा हुनेछ । त्यस्तै, सी डिभिजन फुटसल लिग मंसिर/पुसमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?