+

मलेसिया गएका एन्फाका पदाधिकारीलाई कारबाही गर्न मन्त्रालयको निर्देशन

२०८० फागुन  ३० गते १७:२३ २०८० फागुन ३० गते १७:२३
मलेसिया गएका एन्फाका पदाधिकारीलाई कारबाही गर्न मन्त्रालयको निर्देशन

३० फागुन, काठमाडौं ।  युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरू खेलकुद ऐन विपरीत मलेसिया भ्रमणमो गएको भन्दै कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद राखेपलाई निर्देशन दिएको छ ।

मलेसियाविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण खेलको लागि एन्फाले खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७ जना र त्यसबाहेक ९ जनालाई मलेसिया पठाएको छ ।

खेलाडीसहित  मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र प्रवेश कटुवाल (प्रशिक्षक) विनोद डंगोल (गोलकिपर प्रशिक्षक) मनिष तिम्सिना (टेक्निकल स्टाफ), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक)का रुपमा मलेसिया गएका छन् ।

एन्फा उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्र, प्रमुख कार्यकारी अधिकृत सीईओ इन्द्रमान तुलाधर, भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ पनि मलेसिया गएका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ (झ)मा राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानुनी व्यवस्था रहेको छ,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदको च नं. ६२७ मिति २०८०/११/३० को पत्रानुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम लिनुपर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएको हुँदा कानुन बमोजिम कारबाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिइएको साथै कानुन बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठि, सेमिनार, वा सम्मेलनमा भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृहमन्त्रालयमा अनुरोध गरिएको छ ।’

विश्वकप छनोट अन्तर्गत बहराइनसँग खेल्ने तयारीमा रहेको नेपालले यही मार्च १५ अर्थात चैत २ गते मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल्ने तालिका छ । त्यसका लागि खेलाडीसहितको टोली मलेसिया प्रस्थान गरिसकेको छ ।

अखिल नेपाल फुटबल संघ खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय