+
+

मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १७:५०

२९ फागुन, काठमाडौं । मलेसिया विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीको बिदाई गरेको हो ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ,एन्फा कार्यसमिति केन्द्रिय सदस्य मनिष जोशी, सरिला श्रेष्ठ, मणिराज विष्ट, पुरुषोत्तम थापा लगायतले टोलीको बिदाइ गरे ।

फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

नेपालले यही मार्च १५ अर्थात चैत २ गते मलेसियासँग उसैको मैदानमा खेल्ने तालिका छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ ।

विश्वकप छनोट अन्तर्गत नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई खेल खेल्दैछ । नेपालले चैत ८ गते बहराइनसँग घरेलु मैदानमा खेल्ने तालिका भए पनि दशरथ रंगशालमा खेलाउन लायक नभएपछि नेपालमा नहुने भएको हो । त्यो खेल पनि अब बहराइनमै हुनेछ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले मलेसिया विरुद्ध मैधीपूर्ण खेल र बहराइन विरुद्ध हुने विश्वकपक छनोटको दुई खेलका लागि नेपाली टोली पनि घोषणा गरेका छन् । जसमा ६ नयाँ अनुहार छन् ।

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर : अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ,साैभाग्य राई, सुमित श्रेष्ठ

मिडफिल्डर : भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्ड : अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया,  समिर तामाङ र सञ्जिव विष्ट

मुख्य प्रशिक्षक : भिनसेन्जो अल्बर्टो एनेस

प्रशिक्षक : प्रवेश कटुवाल

गोलकिपिङ प्रशिक्षक : विनोद डंगोल

टेक्निकल स्टाफ : मनिष तिम्सिना

म्यानेजर : उत्तम भण्डारी

फिजियो : लोकेन्द्र कुँवर

किट म्यानेजर : ज्ञानबहादुर राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?