+
+

राजेन्द्र लिङ्देनको दावी : चुनावपछि पहिलो पार्टी बन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १५:४३

१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको दावी गरे ।

‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ’ उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको भन्दै लिङ्देनले राप्रपाको पनि त्यस्तै अवस्था हुने दावी गरे ।

राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक पटक हारेकाले नेत कार्यकर्तामा हीन मानसिकता देखिएको पनि लिङ्देनले बताए । हारेको हार्दै गर्दा जितिन्छ भन्ने र जिते पनि त्यत्रो सिट भन्ने हिन मानसिकता अझै छ’ उनले भने ।

लिङ्देनले पार्टीका नेता कार्यकर्तालाई चुनाव क्षेत्रमा जान र उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरेका छन् । उनले देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसशभमा उम्मेदवारी दिने बताएका छन् । उनले भने, ‘विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।’

४ मंसिरको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले नै राप्रपालाई मत दिने लिङ्देनले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?