+
+

आयात निर्यातका सूचना आदान-प्रदान गर्नेबारे तीन विभागबीच सम्झौता

आयात निर्यातका सूचना तथा व्यापारिक गतिविधि आदान–प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागले भन्सार विभाग र राजस्व अनुसन्धान विभागसँग सम्झौता गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १३:०५

१३ असोज, काठमाडौं । आयात निर्यातका सूचना तथा व्यापारिक गतिविधि आदान–प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागले भन्सार विभाग र राजस्व अनुसन्धान विभागसँग सम्झौता गरेको छ ।

काठमाडौंमा जारी आन्तरिक राजस्व विभागको व्यवस्थापन गोष्ठीका अवसरमा बुधबार यस्तो सम्झौता भएको हो ।

विभागका अनुसार व्यापारिक गतिविधि एवम् आयात–निर्यात लगायत सूचना आदान प्रदान गर्ने सम्बन्धमा आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईबीच सम्झौता भएको हो ।

उता, राजस्व चुहावट नियन्त्रणमा सूचना आदान प्रदान गर्ने र अनुसन्धानको प्रभावकारिता बढाउने लगायतका विषयमा आन्तरिक राजस्व विभागले राजस्व अनुसन्धान विभागसँग सम्झौता गरेको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीबीच सम्झौता भएको हो ।

व्यवस्थापन गोष्ठीका अवसरमा विभागले मातहतका कार्यगत लक्ष्य हासिल गरेको प्रगतिमा अग्रता कायम गरेका तीन कार्यालयलाई पुरस्कृत गरेको छ । प्रथम भएको आन्तरिक राजस्व कार्यालय इटहरी, दोस्रो भएको कार्यालय आन्तरिक राजस्व भरतपुर र तेस्रो स्थानमा रहेको आन्तरिक राजस्व कार्यालय दाङलाई अर्थमन्त्री जनार्दन शर्माले सम्मान गरेका हुन् ।

विभाग र मातहतका कार्यालयले आव २०७८/७९ मा सम्पादन गरेका कार्यको वार्षिक समीक्षा गर्दै चालु आव २०७९/८० को रणनीति र कार्ययोजना तय गर्ने उद्देश्यले काठमाडौंमा गोष्ठी जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?