+
+

भतिजको हत्या गरेको अभियोगमा काका पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १५:३४

१३ असोज, धनुषा। प्रहरीले ४ वर्षीय भतिज अनुष पासवानको हत्या गरेको अभियोगमा काकालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने २८ वर्षीय रवी पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई भतिज हत्‍या आरोपमा पक्राउ गरेको हो ।

रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि कारबाही तथा आवश्‍यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?