+
+

लाल मोहम्मदको हत्यामा संलग्न भएको भन्दै ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते ९:३१
लाल मोहम्दको हत्या भएको स्थान

१४ असोज, काठमाडौं । काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतले सो घटनामा संलग्न तीन जना पक्राउ परेको पुष्टि गरेको छ । त्यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

यही असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका तीन व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए । अज्ञात समूहको गोलीबाट मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?