+
+

हलिउडमा ‘ऐना झ्यालको पुतली’ले ओस्कार मतदातालाई आकर्षित गर्न ‘क्याम्पेन’ चलाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १७:२६

काठमाडौं । ओस्कार अवार्डमा सिफारिस नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ले हलिउड सहर लस एन्जलसमा ‘क्याम्पेन’ चलाउने भएको छ । फिल्म लिएर निर्माता रामकृष्ण पोखरेल शुक्रबार राति अमेरिका उड्ने तयारीमा छन् ।

डेढ महिना अमेरिकामा रहने निर्माता पोखरेलले न्युयोर्क र लस एन्जलसमा फिल्म स्क्रिनिङदेखि प्रचार अभियान चलाउनेछन् । ‘हाम्रो मुख्य उद्देश्य फिल्मलाई ओस्कार अवार्डमा मनोनयन तुल्याउन माहोल बनाउनु हो,’ पोखरेलले अनलाइनखबरसँग भने ।

पोखरेलले न्युयोर्क र लस एन्जलस सहरका हलहरुमा फिल्म स्क्रिनिङ गर्ने योजना पनि बुनेका छन् ।

आगामी मार्चमा हुने ओस्कार अवार्ड र त्यसअघि घोषणा हुने मनोनयनमा आ–आफ्नो फिल्मको पक्षमा माहोल बनाउन प्रत्येक मुलुकका निर्माता लस एन्जलसमा भेला हुन्छन् र माहोल बनाउन प्रयास गर्छन् । यसपटक अन्तर्राष्ट्रिय फिचर विधामा तीव्र प्रतिस्पर्धा छ ।

नेपालमा राम्रो समीक्षा बटुलेको फिल्म ‘ऐना झ्यालको पुतली’ सुरुमा दक्षिण कोरियाली फिल्म फेस्टिभल बुसानमा प्रिमियर भएको थियो । स्वदेशमा रिलिज हुँदा फिल्मले दशकयताकै उत्कृष्ट समीक्षा प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?