+
+

विवेकशील साझाले त्याग्यो संघीयता खारेजीको एजेण्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते २१:१२

१४ असोज, काठमाडौं । विवेकशील साझा पार्टीले मार्ग परिर्वतनको प्रस्ताव खारेज गरेको छ । शुक्रबार बसेको पार्टी बैठकले यो प्रस्ताव खारेज गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।

१३ साउन २०७९ मा तत्कालीन पार्टी संयोजक रवीन्द्र मिश्रले विचारभन्दा माथि देश नामक मार्ग परिर्वतनको प्रस्ताव ल्याएका थिए । त्यो प्रस्तावमा संघीयता खारेज, धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने उल्लेख थियो ।

सुरुमा मिश्रले बहसका लागि भन्दा यो प्रस्ताव ल्याएका थिए । तर मिलन पाण्डे पक्षले विरोध गरेपछि पार्टीमा बहुमतका आधारमा यसलाई अनुमोदन गराइएको थियो । मिश्र राप्रपातिर लागेपछि विवेकशील साझाले भने मार्ग परिर्वतनको प्रस्ताव नै खारेज गरेको छ ।

यससँगै मिलन पाण्डेसहित पार्टी बाहिर रहेको समूहसँग एकता गर्ने बाटो खुलेको एक नेताले बताए । यसका लागि बिहीबारदेखि नै छलफल सुरु भएको उनले सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?