+
+

‘पीएस-वान’ बन्यो धेरै ओपनिङ गर्ने तमिल फिल्म, पहिलो दिन विश्वभर कमायो ८० करोड भारु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १५ गते १६:५९

काठमाडौं । भारतीय बक्स अफिसमा कलिउड पुनः एकपटक बलिउडमाथि हाबी भएको छ । ओपनिङको मामिलामा मणिरत्नम निर्देशित फिल्म ‘पीएस-वान’ (पोनियन सेल्भन)को कमाइ हिन्दी ‘विक्रम वेधा’भन्दा अगाडि निस्किएको छ ।

कुनै तमिल फिल्मलाई प्राप्त भएको यो अहिलेसम्मकै उच्च ओपनिङ हो । जति ‘विक्रम वेधा’को कमाइ छ उति ‘पीएस-वान’को तमिलनाडुको दोब्बर कमाइ छ । ऋतिक रोशन र सैफअली खान स्टारर ‘विक्रम वेधा’ले पहिलो दिन भारतमा ११.५० करोड भारुको ओपनिङ गरेको छ ।

भारतका दक्षिणी राज्यहरुमा फिल्मको कमाइ आक्रामक देखिएको छ । पहिलो दिन फिल्मले तमिलनाडुमा मात्र २६.८५ करोड भारु कमाइ गरेको छ । भारतमा फिल्मको कुल ओपनिङ ४० देखि ४५ करोड भारु छ । क्रिटिक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन विश्वभर ८० करोड भारुको ओपनिङ गरेको छ । फिल्मले आगामी दिनमा भारतीय बक्स अफिसमा कीर्तिमान रच्ने अपेक्षा छ ।

तर हिन्दी भाषामा भने फिल्मको क्रेज खास छैन । ओपनिङ डेमा फिल्मले हिन्दी भाषामा मात्र १.७५ करोड भारु कमाएको छ । हिन्दी बेल्टमा चाहिं ऋतिक र सैफअलीको विक्रम वेधाले दर्शकलाई आकर्षित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?