+
+

देशभरका उद्योग-प्रतिष्ठानमा कति छन् श्रमिक ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १७ गते ८:३०

१७ असोज, काठमाडौं । देशभर रहेका उद्योग र प्रतिष्ठानमा तीन लाख ८१ हजार ६८७ जना श्रमिकहरु रहेको नयाँ विवरण सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्भे रिपोर्टमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।

विभागकाअनुसार यो संख्या तलबी, ज्यालादारी र कामदार श्रमिकको हो । नेपालमा अध्ययन प्रतिवेदनअनुसार नेपालमा सबैभन्दा धेरै कामदार श्रमिक औद्योगिक उत्पादनशील क्षेत्रमा छन् ।

दोस्रो धेरै श्रमिक कर्मचारी रहेको क्षेत्र विद्युत ग्याँस, बाफ तथा वातानुकुलिन क्षेत्र हो । तेस्रो धेरै श्रमिक रहेको क्षेत्र पानीको आपूर्ति ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्र हो । यस्तै खानी तथा उत्खनन क्षेत्रमा बाँकी श्रमिक छन् ।

विभागको विवरणअनुसार औद्योगिक उत्पादनशिल क्षेत्रमा नेपालमा ३ लाख ८१ हजार ६८१ तलबी कामदार छन् । विद्युत ग्यास, बाफ तथा वातानुकुलिन क्षेत्रमा १७ हजार २३८ जना, पानीको आपूर्ति ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा १२ हजार ५८७ जना र खानी तथा उत्खनन क्षेत्रमा ५ हजार ७१९ जना श्रमिक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?