+
+

हुम्लाका छक्कबहादुर लामा एमाले प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १७ गते १२:३२

१७ असोज, काठमाडौं । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् ।

हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनी माओवादीका उम्मेदवार छिमी दोर्जेविरुद्ध बागी उठेका थिए । छिमी यसअघि नै एमाले प्रवेश गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?