+
+

सर्लाहीका २ पालिकामा बजेट पारित नहुँदा शिक्षकले तलब पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते १२:२९

१८ असोज, काठमाडौं । बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक  र कर्मचारीको तलब रोकिएको छ ।

हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार शाहले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताए ।

भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रकृया पुरा गरेर तिहार अगाडि तलब दिने उनको भनाइ छ । उनले भने, ‘बहुमत नपुगरे समयमा नगरसभाको बैठक बस्न सकेनौं । बल्ल नगरसभा बसेर बजेट पास गरेका छौं । तिहार अगाडि प्रकृया पुरा गरेर दिन्छौं ।’

विष्णु गाउँपालिकाको पनि अहिलेसम्म गाउँसभा नभएकोले बजेट पास हुन सकेको छैन । जसले गर्दा शिक्षक कर्मचारी तथा वृद्धवृद्धा, एकल महिला, अपाङ्ग लगायतको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

गाउँपालिका प्रमुख जवाहरलाल यादव भने चार चार महिनामा तलब तथा सामाजिक सुरक्षा भत्ता दिन ढिलाइ नभएको बताएका छन् । ‘हामीले विभिन्न कारणले गाउँसभाको बैठक बस्न सकेका छैनौं तर अब दशैं लगत्तै बस्ने तयारी छ’, उनले भने, ‘हाम्रो चौमासिक तलब दिन्छौं त्यसैले ढिला भएको छैन । अर्को तिहार तथा छठ विशेष भएकोले समयमा शिक्षक, कर्मचारीले तलब पाउनुका साथै सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ ।’

दशैं लगत्तै गाउँसभाको बैठक बसेर शिक्षक, कर्मचारीको तलबका साथै सामाजिक सुरक्षा भत्ता तिहार अगाडी तलब दिइसक्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?