+
+

ढल बिछ्याउन सिंहदरबार वरपरका फुटपाथ फेरि भत्काइने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते २१:०२

१८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका र सडक विभागले पछिल्ला दिनमा नयाँ टायलिङ गरेर सिंहदरबार वरपरको फुटपाथ (सडक पेटी) चिटिक्क बनाएको छ ।

काठमाडौंको सिंहदरबार दरबारमार्ग, केशरमहल, पुतलीसडक, माइतीघर, थापाथली, तीनकुने, सिनामंगल लगायत सडकका पेटी रंगीन टायल बिछ्याएपछि चिटिक्क देखिएका छन् । सडक विभागले षट्कोण आकारका टायल हटाएर आयताकार रंगीन टायल धमाधम बिछ्याएको छ, जसका लागि सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय, काठमाडौंले २ करोडभन्दा बढी खर्च गरेको छ ।

काठमाडौं महानगरपालिकाले न्यूप्लाजा र अनामनगर लगायत क्षेत्रमा फुटपाथ सुधारको काम गरेको थियो ।

तर सिंहदरबारभित्रको ढल र आकाशे पानी व्यवस्थापनको काम गर्दा नयाँ टायलिङ पनि उप्काउनुपर्ने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अन्तरगतको परियोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले ढल विछ्याउँदा यो टायल पनि उप्किने जानकारी सडक विभागलाई गराएको छ भने नेपाल विद्युत प्राधिकरण तार बिछ्याउन पनि अनुमति मागिरहेको छ ।

सडक विभागले जहाँ सडक र पेटी बनाउँछ, त्यही खन्नुपर्ने अवस्था आउनु प्रिय नभएको बताउँछन्, डिभिजन सडक कार्यालय, काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरे । ‘यस्तो सुन्दा हामी झसंग हुन्छौं,’ उनी भन्छन्, ‘सिंहदरबारको वाल बाहिरबाटै ढल बिछ्याउनुपर्ने कुरा आएको छ, समन्वय गर्छौं ।’

पीआईडीका उपपरियोजना निर्देशक चन्द्रकुमार श्रेष्ठ भने सिंहदरबारको ढल प्रणाली समस्या देखिएकाले एकसाथ समाधान गर्न लागिएको बताउँछन् । उनका अनुसार ढल बिछ्याउन सिहंदरबार वरपरको सडक पनि प्रयोग गरिने छ । ‘हामीले सिंहदरबारमा ढल प्रणाली नेटवर्कको डिजाइन गरिरहेका छौं,’ उनले भने, ‘डिजाइन र लगत स्टेमटको काम लगभग फाइनल भएको छ ।’

अहिले सिंहदरबार अन्तरगतको ढल प्रणालीमा समस्या देखिँदा न्यूप्लाजा लगायतका क्षेत्रमा पानी जम्ने गरेको छ । ढलको आकार ठूलो बनाउने र आकाशेपानीको पनि एउटै प्रणाली बन्ने छ । ‘सडक र सडक पेटीकै प्रयोग गरेर यो प्रणाली बनाउने छौं,’ उपपरियोजना निर्देशक श्रेष्ठले भने, ‘सबैसँग समन्वय हुन्छ ।’

उनका अनुसार ढल बिछ्याउन माइक्रो टननेलिङ गर्न सकिने÷नसकिनेबारे पनि अध्ययन भएको थियो, तर सिंहदरबार क्षेत्रमा त्यस्तो गर्न नसकिने भएपछि ‘ओपन कट’ नै गर्नुपर्ने अवस्था छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरणले पनि अहिले काठमाडौंका धेरै ठाउँमा तार बिछ्याउन सडक र सडकपेटी खनिरहेको छ ।

सडक विस्तार आयोजना र काठमाडौं दिगो शहरी यातायात आयोजना (केएसयूपीटी)ले करीब ५ वर्षअघि बनाएका सडकपेटीलाई सडक विभागले ‘काम नलाग्ने भएको’ ठहर गरेर थप लगानी गरिरहेको छ । त्यतिबेला पनि सडकपेटीमा टायल बिछ्याए लगत्तै मेलम्ची खानेपानी वितरणको लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र फाइबर केबुल बिछ्याउन नेपाल टेलिकमले भत्काएका थिए ।

टायल उप्काएपछि सडकपेटीको सतह खल्बलिएर खाल्डाखुल्डी र हिलाम्य हुने गरेको छ । त्यसबाट पाठ नसिकेका सरकारी निकायहरुले फेरि टायल बिछ्याएर चिटिक्क बनाउने, अनि भत्काएर हिलाम्य बनाउने पुरानै कथा दोहो¥याउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?