+
+

बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँटलाई अन्तिम रुप दिने प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १९ गते १८:०६
Photo Credit : फाइल तस्वीर

१९ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरु सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन् ।

दशैंको समयमा समेत गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक निरन्तर बस्दै आएको छ । आज बुधबार पनि प्रधानमन्त्री निवास, बालुवाटारमा शीर्ष नेताहरुको बैठक छलिरहेको छ ।

बैठकमा सहभागी एक नेता भन्छन्, ‘भोलि विहानसम्म भएपनि टुंग्याउने प्रयासमा जुटेका छौं ।’

गठबन्धनमा आवद्ध दलहरुबीच केही सिटमा सहमति जुट्न सकेको छैन । अहिलेसम्मको छलफलअनुसार नेपाली कांग्रेसले ८५ र माओवादी केन्द्रले ४४ सिट पाउने देखिएको छ । यस्तै एकीकृत समाजवादीले १८, जसपाले १६ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने देखिन्छ ।

तर एकीकृत समाजवादी र जसपा दुबै यसमा सहमत छैनन् । सिट बाँडफाँटप्रति असन्तुष्ट जसपाले अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय गरेपछि गठबन्धनमा आवद्ध दलहरु दबावमा परेका छन् ।

तर सहमति पनि जुट्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?