+
+

पश्चिम राप्ती र बबईको बाढीले खतराको तह नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते ७:२०
तिनाउ नदीको बाढी । फाइल तस्वीर

२० असोज, काठमाडौं । अविरल वर्षाका कारण बाँकेको पश्चिम राप्ती र बर्दियाको बबई नदीको बाढीले खतराको तह नाघेको छ । बाढी सूचना केन्द्रका अनुसार दुबै नदीमा जल सतह ६ मिटर नाघेको छ ।

राप्ती नदीमा ५.४० मिटर पुगेपछि खतरा मानिन्छ । राप्तीमा ६.२ मिटर पुगेको छ । यसैगरी बबई नदीमा ५.५० मिटर पुगेपछि खतरा मानिनेमा ६.१० मिटर पुगेको छ ।

पश्चिम राप्तीमा बाढी बढेपछि फत्तेपुर, कम्दी लगायतका स्थान जोखिममा पर्छन् । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?