+
+

सन्दीपका हातमा हतकडी, हेर्नुहोस् ५ तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते ११:३३

२० असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाज चढेर आज बिहान काठमाडौं ओर्लिएलगत्तै प्रहरीले पक्राउ गरेको हो ।

कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनलाई प्रहरीले हत्कडी लगाएको छ । हतकडी लुकाउने प्रयासमा त्यसमाथि रुमाल राखिएको छ ।

सन्दीपले आफूले आत्मसमर्पण गर्न लागेकाले हतकडी नलगाइदिन र आफ्ना वकिललाई विमानस्थलमै उपस्थित गराइदिन प्रहरीसमक्ष माग गरेका थिए, तर उनका दुवै माग सम्बोधन भएनन् ।

विमानस्थलबाट प्रहरी भ्यानमा राखेर उनलाई प्रहरी वृत्त गौशाला लगिएको छ । उनलाई गौशाला प्रहरीमै राखेर अनुसन्धान अघि बढाइने छ ।

गत भदौ २१ गते एक नाबालिकाले सन्दीपले आफूलाई ५ भदौमा गौशालाको होटलमा राखेर बलात्कार गरेको आरोपमा उजुरी दर्ता गराएकी थिइन् ।

क्यारेबियन लिग खेल्न नेपाल बाहिर रहेका बेला उनीविरुद्ध गौशाला प्रहरीमा उजुरी परेको थियो । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी छिन् । गौशाला प्रहरीका एक अधिकृतका अनुसार काठमाडौंको एक कलेजमा अध्ययनरत उनी लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?