+
+

मौसम खराबीका कारण लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते १४:१९

२० असोज, काठमाडौं । मौसम प्रतिकुल बनेपछि काठमाडौबाट लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् ।

वायुसेवा सञ्चालक संघका सचिव राजु न्यौपानेका अनुसार कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर बिहीबार बिहान काभ्रेमा आकस्मिक अवतरण गर्नु परेको हो ।

मौसममा सुधार भएपछि दुवै हेलिकप्टर गन्तव्यतर्फ प्रस्थान गरेको उनले जानकारी दिए । काठमाडौंमा बिहानैबाट ठूलो वर्षा भइरहेको छ । यसले नियमित हवाई उडान समेत प्रभावित बनेको छ ।

तस्वीर सौजन्य : देवराज केसीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?