+
+

बलिउड अभिनेत्री नोरा फतेहीले कतार विश्वकपमा प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १५:३८

काठमाडौं । नोरा फतेही पछिल्लो समय निकै रुचाइएकी बलिउड अभिनेत्री हुन् । अभिनयसँगै उनको नृत्यको चर्चा हुने गर्छ ।

नोरालाई लिएर नयाँ खबर छ । पिंकभिल्लाका अनुसार कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा उनले प्रस्तुति दिने भएकी छन् । यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व सेलिव्रिटीले पनि विश्वकपमा प्रस्तुति दिइसकेका छन् ।

यसवर्षको फिफाको आधिकारिक गीतको म्युजिक भिडियोमा पनि नोरालाई दैख्न सकिनेछ । सकिराको वाका वाका र लाला लालाजस्ता चर्चित फिफाका गीतमा काम गरिसकेको रेडवान स्टुडियोले गीत निर्माण गर्दैछ ।

म्युजिक भिडियो मात्र नभएर समापन समारोहमा समेत नोराले प्रस्तुति दिने भएकी छन् । साथै हिन्दीमा गीत पनि गाउनेछिन् । विश्वकै ठूलो खेल मानिने उक्त समारोहमा प्रस्तुति दिने भएपछि नोराका प्रशंसक खुशि भएका छन् ।

विश्वकप फुटबल मंसिर ४ गतेदेखि कतारमा सुरु हुँदैछ । नोरा भने यतिबेला टिभी रियालिटी शो ‘झलक दिखालाजा’मा काम गरिरहेकी छन् भने केही फिल्मको डान्समा देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?