+
+
Shares

नोरा फतेहीसँगै ‘भ्वाइस’का उत्कृष्ट ५ ले काठमाडौंमा प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १९:५६

काठमाडौं । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले जेठ ३ गते काठमाडौंमा प्रस्तुति दिने भएकी छन् । सुकेधारामा रहेको मक्र्युर होटलमा विहीबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने कार्यक्रमका लागि फतेही आउन लागेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए ।

उनले भने, ‘मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानितरूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ ।’

पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको भिडियो सन्देशमार्फत फतेहीले आफू नेपाल आउन र नेपालीलाई भेट्न उत्साहित रहेको बताएकी छन् । आफू पहिलो पटक नेपाल आउन लागेको र यहाँबाट अहिलेसम्म प्राप्त गरिरहेको मायाका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्तुति दिने बताइन् ।

उनले कार्यक्रम सफल बनाउन सबैलाई आग्रह गरिन् । ‘म काठमाडौँ आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु’ फतेहीले भनेकी छन् ।

कार्यक्रममा नेपाली कलाकार गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रोसेस पाण्डेलगायतले प्रस्तुति दिने इभेन्ट म्यानेजर मनिष कार्कीले बताए ।

कलाकारका तर्फबाट बोल्दै नृत्याङ्गना मगरले प्रस्तुतिका लागि तयारी गरिसकेको बताइन् । उनले भनिन्, ‘अभिनेत्री फतेही अहिले विश्वभर चर्चामा हुनुहुन्छ, उहाँसँग कार्यक्रम गर्न पाउनु हाम्रो लागि राम्रो हो । नेपालमा यसरी कार्यक्रम हुँदा यसले पर्यटन प्रवद्र्धनमा पनि सघाउँछ भन्ने मलाई लागेको छ । यस्ता कार्यक्रमले हाम्रो बारेमा विश्वलाई जानकारी गराउँछ ।’

बौद्धस्थित हायातको चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमका लागि मुम्बईबाट फतेहीसहित २० भन्दा धेरै डान्सर प्रस्तुति दिन नेपाल आउने आयोजकले जनाएको छ ।

इभेन्टको लागि दर्शकले खल्ती एपमा गएर २०००, ४०००, ७००० र १६ हजार दरको टिक काटने सक्नेछन् । नोरा फतेही र दुर्गेश थापाले ‘दुश्मन हेरेको हेरै’ गीतमा सँगै स्टेज सेयर गर्ने भएको हुँदा यसले दर्शकलाई अझै आकर्षित तुल्याउन सक्ने जानकारी कार्कीले दिए ।

ओसिन सिटौलाले संचालन गर्ने कार्यक्रममा ३ बजेदेखि नै गेट खुला हुने जनाइएको छ । अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?