+
+

भीम रावलले टिकट पाएनन्, झपट बोहोरा एमालेको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १७:१५

२१ असोज, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । एमाले स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।

‘झपट बोहोराको नाम टुंगिएको छ, अब यही नाम अन्तिम होला’, स्रोतले भन्यो । नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका हुन् ।

एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गरेका हुन् ।

अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । दशबुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।

उनले गएको वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिश्पर्धा गरेका थिए । सुदूरपश्चिमकै उच्च तहका नेता रावललाई जिल्ला कमिटीले गएको २९ भदौमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो ।

अछाम–२ बाट यज्ञ बोगटीले प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन् । बोगटीको नाम पनि एकल रुपमा सिफारिस भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?