+
+

काठमाडौं–१० मा बादललाई टिकट दिने एमाले तयारी

यो क्षेत्रबाट २०७० मा पुष्पकमल दाहाल प्रचण्डलाई हराएर नेपाली कांग्रेसका राजन केसीले जितेका थिए । २०७४ को चुनावमा पनि केसीले वाम गठबन्धनबाट उम्मेदवार बनेका हितमान शाक्यलाई हराएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १९:३३

२१ असोज, काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर १० मा प्रतिनिधिसभा सदस्यमा उपाध्यक्ष रामबहादुर थापा बादललाई टिकट दिने तयारी गरेको छ ।

बादललाई उम्मेदवार बन्न अध्यक्ष केपी शर्मा ओलीले नै आग्रह गरेका थिए । स्रोतका अनुसार, बादलले पनि चुनावमा उम्मेदवार लड्ने संकेत दिएका छन् । ‘गए राति (बिहीबार) अबेरसम्म चलेको छलफलले त्यही निष्कर्ष निकालेको छ’, स्रोतले भन्यो ।

यसअघि एमाले उपाध्यक्ष बादलले कतैबाट चुनाव नलड्ने बताएका थिए । चितवन–२ मा कृष्णभक्त पोखरेलको बलियो पकड रहेकाले बादलले त्यहाँ जान चाहेनन् । त्यसपछि बादलकी पत्नी नैनकला थापालाई समानुपातिकतर्फ राखिएको थियो ।

नैनकलाको नाम एमालेले आदिवासी महिलातर्फ एक नम्बरमा राखेको छ । ‘अहिले फेरि बादलले चुनाव लड्नुपर्छ भन्ने आयो, सम्भवतः उहाँ नै उम्मेदवार हुनुहुन्छ होला’  स्रोतले भन्यो ।

यो क्षेत्रबाट २०७० मा पुष्पकमल दाहाल प्रचण्डलाई हराएर नेपाली कांग्रेसका राजन केसीले जितेका थिए । २०७४ को चुनावमा पनि केसीले वाम गठबन्धनबाट उम्मेदवार बनेका हितमान शाक्यलाई हराएका थिए ।

यो पटक एमालेबाट सुरेन्द्र मानन्धर दावेदार थिए । उनीसँगै कीर्तिपुरका पूर्वमेयर रमेश महर्जन, नेताहरु गञ्जुमान सिंह र रामशरण आलेमगर पनि आकांक्षी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?