+
+

कांग्रेसले टुंग्यायो १० उम्मेदवार, बाँकी टुंगो लगाउने प्रयास जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते ७:४४

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ७ र प्रदेश सभातर्फ ३ उम्मेदवार टुंगो लगाएको छ । संसदीय बोर्डको आज बिहानसम्म बैठक बसेर प्रतिनिधि सभा र प्रदेशसभातर्फका १० उम्मेदवार टुंगो लगाएको हो ।

बाँकी क्षेत्रमा उम्मेदवार टुंगो लगाउन शनिबार पुनः बैठक बस्नेछ । सत्ता गठबन्धनको भागबण्डामा नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ८४ सिट पाएको छ ।

टिकट निश्चित गरिएका व्यक्ति र क्षेत्र यी हुन्–

प्रतिनिधिसभा तर्फ

१. डडेलधुरा – शेर बहादुर देउवा (पार्टी सभापति एवम् प्रधानमन्त्री)

२. दार्चुला – दिलेन्द्र प्रसाद बडु (हाल उद्योग मन्त्री, संस्थापन इतर)

३. बाजुरा – बद्री प्रसाद पाण्डे (सहमहामन्त्री, संस्थापन इतर, पहिलो पटक चुनाव लड्दै)

४. अछाम २– पुष्पबहादुर शाह (जिल्ला सभापति)

५. मुगु – ऐन बहादुर शाही (जिल्ला सभापति, उनी सर्वसम्मत सिफारिस भएका थिए ।)

६. मनाङ – टेक प्रसाद गुरुङ (पूर्व मन्त्री)

७. तेह्रथुम – सीता गुरुङ  (अघिल्लो निर्वाचनमा पराजित।)

प्रदेश तर्फ

जुम्ला (ख)– ललितजङ्ग शाही

तेह्रथुम (क)– सन्तोष सुब्बा

ताप्लेजुङ (ख)– खगेन सिंह हाङ्वाङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?