+
+

गण्डकीमा एमालेको उम्मेदवार टुंगियो, पृथ्वीसुब्बालाई संघकै टिकट (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १२:२०
पृथ्वीसुब्बा गुरूङ

२२ असोज, काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशको उम्मेदवार पनि टुंग्याएको छ । तालमेल भएमा तनहुँ–१ छोड्ने गरी १० वटै जिल्लाको उम्मेदवार टुंग्याएको एमाले स्रोतले जनाएको छ ।

तर तालमेल नभएमा अथवा अन्य प्रदेशको क्षेत्रमा सहमति जुटेमा तनहुँ–१ बाट एकबहादुर राना प्रतिनिधिसभाको उम्मेदवार हुनेछन् । एमालेले तनहुँ–२ को उम्मेदवार पनि टुंग्याएको छ । केदार सिग्देललाई प्रदेशसभामा टिकट दिएर यो क्षेत्रबाट किरण गुरुङलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ । सिग्देलले पनि प्रतिनिधिसभाकै उम्मेदवार बन्न चाहेका थिए ।

एमालेले गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि प्रतिनिधिसभाकै टिकट दिएको छ । लमजुङबाट प्रदेशसभा सदस्यकै उम्मेदवार बन्ने तयारीमा जुटेका एमाले उपमहासचिव गुरुङलाई प्रतिनिधिसभाकै टिकट दिने निर्णय भएको उच्च स्रोतले जनायो ।

लमजुङबाट जमिन्द्रमान घलेको नाम प्रतिनिधिसभामा सिफारिस भएको थियो । तर उनलाई प्रदेशसभाको टिकट दिएर पृथ्वीसुब्बालाई प्रतिनिधिसभा तर्फ लगिएको छ ।
पार्टी केन्द्रको निर्णयप्रति गुरुङ भने सहमत हुन भएका छैनन् । उनी फेरि मुख्यमन्त्री बन्ने गरी प्रदेशसभा सदस्यकै उम्मेदवार बन्ने अडानमा छन् ।

अर्का नेता खगराज अधिकारीलाई भने प्रदेशसभाको टिकट दिइएको छ । कास्की–१ (क) को टिकट दिने निर्णयप्रति अधिकारीले असन्तुष्टि जनाएका छन् ।

मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा भने एमालेले उम्मेदवार टुंग्याएको छैन । यो क्षेत्रबाट २०७४ मा वाम गठबन्धनको समर्थनमा दीपक मनाङेले जितेका थिए ।

यी हुन् गण्डकीका एमाले उम्मेदवार

तनहुँ–१ बाट प्रतिनिधिसभामा एकबहादुर राना वा तालमेल
प्रदेशसभा तर्फ (क) मा रामबहादुर गुरुङ र (ख) मा पूर्णबहादुर गुरुङ

तनहुँ–२ बाट किरण गुरुङ
प्रदेशसभा तर्फ केदार सिग्देल र श्यामराज महत

गोरखा–१ बाट रामशरण बस्नेत
प्रदेशमा (क) सुरेन्द्रबहादुर थापा र (ख) मोहन भट्टराई

गोरखा–२ बाट अब्दुस मिया
प्रदेशतर्फ (क) राजु राना र (ख) बाट बसन्त गुरुङ

कास्की–१ बाट मनबहादुर गुरुङ
प्रदेशतर्फ (क) खगराज अधिकारी र (ख) बाट वेदबहादुर गुरुङ

कास्की–२ विद्या भट्टराई
प्रदेशतर्फ (क) भीम कार्की र (ख) मा मिना गुरुङ

कास्की–३ मा दामोदर वैरागी
प्रदेशतर्फ (क) बाट गणेशमान गुरुङ र (ख) बाट राजीब पहारी

बाग्लुङ–१ बाट सूर्य पाठक
प्रदेशतर्फ (क) बाट हिराबहादुर केसी र (ख) बाट नवराज पौडेल

बाग्लुङ–२ बाट मञ्ज शर्मा चालिसे
प्रदेशतर्फ (क) बाट प्रकाश बुढा र (ख) बाट लक्ष्मणबहादुर पुन मगर

नवलपुर–१ बाट कृष्ण पौडेल
प्रदेशतर्फ (क) बाट रवीन्द्र अधिकारी र (ख) बाट रोसन गाहामगर

नवलपुर–२ बाट तिलक महत
प्रदेशतर्फ (क) बाट पदम बिसी र (ख) बाट लक्ष्मण पाण्डे

मुस्ताङबाट प्रेम तुलाचन
प्रदेशतर्फ (क) बाट इन्द्रधारा विष्ट र (ख) बाट चन्द्रमोहन गौचन

लमजुङबाट पृथ्वीसुब्बा गुरुङ
प्रदेशतर्फ (क) बाट जमिन्द्रमान घले र (ख) बाट कृष्ण अधिकारी

स्याङ्जा–१ बाट नारायण मरासिनी
प्रदेशतर्फ (क) बाट मिनप्रसाद गुरुङ र (ख) बाट सुधिर पौडेल

स्याङ्जा–२ बाट पद्मा कुमारी अर्याल
प्रदेशतर्फ (क) बाट मोहन रेग्मी र (ख) बाट बुद्धिमान श्रेष्ठ

मनाङबाट पाल्तेन छोपेन गुरुङ
प्रदेशतर्फ (क) दोर्जे डुन्डुल गुरुङ र (ख) मा बाँकी

पर्वतबाट पदम गिरी
प्रदेशसभा तर्फ (क) बाट भक्तबहादुर कुँवर र (ख) बाट मित्रलाल बस्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?