+
+

कैलालीको भजनीमा बाढीले ५०० घर डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १५:५१

२२ असोज, धनगढी । बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण कैलालीको भजनी नगरपालिकामा पाँच सय भन्दा बढी घर डुबानमा परेका छन् ।

भजनी नगरपालिका २, ३, ७ र ८ का विभिन्न बस्तीमा बाढी पस्दा डुबान भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले वडा नम्बर २ को पल्टापुर, मोहनपुर र तीन घरुवा टोलका करीब १२५ घरमा काँडा नदीको बाढी पसेपछि मानिसहरु विस्थापित भएको जानकारी दिए ।

अहिले उनीहरुलाई राष्ट्रिय माध्यमिक विद्यालय पल्टापुरमा राखिएको छ भने वडा नम्बर ७ को शिविर टोलका अन्दाजी ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ तर उनीहरु विस्थापित भएका छैनन् । डीएसपी जोशीकाअनुसार पथरिया नदीको बाढीले भजनी नगरपालिका–८ को खल्ला टोल र पाण्डे टोल समेतका गरी ८२ घर डुबानमा परेका छन् ।

उनीहरु अहिले हुलाकी सडक खण्डमा त्रिपाल गाडेर बसिरहेका छन् । शनिबार आएको बाढीका कारण वडा नम्बर ८ कै करीब दुई सय ५० घरधुरी विस्थापित भएका छन् । उनीहरु पनि हुलाकी सडकको किनारमा त्रिपालमुनी आश्रय लिएर बसेका छन् भने भजनी नगरपालिका ३ का अ. ८५ घरधुरीमा बाढी पस्दा विस्थापित भएका करीब तीन सय जना समेत हुलाकी सडक खण्डको किनारमा त्रिपाल गाडेर बसिरहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाले जिल्लामा डुबानको समस्या देखिएपनि अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?