 
																			२३ असोज, हेटौंडा । नेपाली कांग्रेसले मकवानपुरबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने उम्मेद्वारको राति अबेर टुंगो लगाएको छ ।
प्रतिनिधि सभाका लागि मकवानपुर १ बाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले टिकट प्राप्त गरेकी छन् । मकवानपुर १ (ख) बाट आनन्दराम पराजुली र मकवानपुर २ (ख) बाट बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले टिकट पाएका छन् । डिना र बानियाँको टिकट पहिल्यै निश्चित जस्तै भएपनि मकवानपुर १ (ख) मा भने जिल्ला सभापति बुद्ध लामा र पराजुलीबिच टिकटका लागि प्रतिस्पर्धा थियो ।
नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ मकवानपुर १ र प्रदेश सभातर्फ मकवानपुर १ (ख) र २(ख) मा उम्मेद्वारी दिने गठबन्धन दलभित्र यसअघि नैं सहमति बनिसकेको थियो । योसँगै मकवानपुरबाट गठबन्धनका सबै उम्मेद्वारहरुको टुंगो लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4