+
+

काठमाडौं ५ मा ईश्वर पोखरेलसँग प्रदीप पौडेल भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १०:५३

२३ असोज, काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं ५ मा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलले आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारी गरेका थिए । तर उनलाई पार्टीले काठमाडौंमा उम्मेदवार बनाएको हो ।

यही क्षेत्रबाट रञ्जु दर्शनाले पनि स्वतन्त्र उम्मेदवारी दिने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?