+
+

मोरङ ६ मा डा. शेखर कोइरालाको मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १४:५६

२३ असोज, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मनोनयन दर्ता गरेका छन् ।

उनी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् ।

गठबन्धनको तर्फबाट प्रदेश सभामा क्षेत्र नम्बर ६ को क मा माओवादी नेता जीवन आचार्य र क्षेत्र नम्बर ६ को ख मा कांग्रेस नेता केदार कार्कीले मनोनयन दर्ता गरेका छन् ।

एमालेबाट प्रतिनिधिसभा तर्फ लालबाबु पण्डित, प्रदेशसभा तर्फ ६ को क मा रिता न्यौपाने, ख मा पर्शुराम बस्नेतले मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नम्बर ६ को ख मै एमालेसँग गठबन्धन गरेका जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र गुप्ताले पनि मनोनयन दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?