+
+

रामकुमारी झाँक्रीले दिइन् गुल्मी-२ बाट उम्मेदवारी, गोकर्ण विष्टसँग प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १७:३३

२३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव एवं पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।

झाँक्रीले सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएकी हुन् । उनले नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टसँग प्रतिस्पर्धा गर्नेछिन् ।

गत स्थानीय तहको निर्वाचनमा एमालेले ३० हजार ८७२ मत पाउँदा सत्ता गठबन्धनले ३२ हजार ३७६ मत ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?