+
+

एमालेको टिकट त्यागेर प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७९ असोज २३ गते १८:१८

२३ असोज, रौतहट । पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेसँगै रुष्ट बनेका उनले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जसपाले पाएको सबै क्षेत्रमा पनि उनको समूहले स्वतन्त्र उम्मेदवारी दिएको छ ।

एमालेले एक्लै देश बनाउँछ, भागवण्डाको राजनीति गर्दैन भनेर पार्टीमा लागेको, तर नेतृत्वले मधेश जसपालाई जिम्मा लगाउने काम गरेको उनको दाबी छ ।

‘जसले सम्प्रदायिकता फैलाउँछ, मधेस प्रदेशमा भ्रष्टाचार गरेको छ, त्यो पार्टीलाई मधेस जिम्मा लगाउनु राष्ट्रघाती काम हो’, साहले भने, ‘एमालेबाट टिकट लिएपछि मैले पनि जसपाको बचाउ गर्नुपर्छ । त्यसो गर्नुभन्दा स्वतन्त्र उम्मेदवार लड्नु उपयुक्त देखेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?