+
+

नेप्सेमा २७ अंकको गिरावट, कारोबार १ अर्ब नजिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १५:२२

२४ असोज, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २७.२६ अंक (१.४३ प्रतिशत) ले गिरावट भएर १८७१.२२ अंकमा बन्द भएको छ । दशैंपछिको पहिलो कारोबार दिन आइतबार ४४ अंकको वृद्धि भएको नेप्से सोमबार नै पुनः गिरावट भएको हो ।

नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम भने बढेर करिब १ अर्ब नजिक पुगेको छ । आइतबार करिब ८४ करोडको कारोबार भएको बजारमा सोमबार ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर किनबेच हुँदा ९७ करोड १७ लाख ६८ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १६ करोड ५८ लाख ७६ हजारको कारोबार हुँदा नेपाल इन्स्योरेन्सको संस्थापक सेयर ६ करोड ६ लाख १२ हजार ५०० रुपैयाँ र नबिल बैंकको ४ करोड ४२ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ । सोमबार कारोबार भएकामध्ये अभियान लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा एनएमबी हाइब्रिड फण्ड १ को इकाइ मूल्य ३.६७ प्रतिशत र ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइ मूल्य ३.४९ प्रतिशतले वृद्धि भएको छ ।

यता गरिमा डिवेञ्चर २०८५ को मूल्य सर्वाधिक ८.१३ प्रतिशतले गिरावट हुँदा सिभिल लघुवित्तको सेयर मूल्य ६.३३ प्रतिशत र कृषि विकास बैंक ऋणपत्र २०८३ को मुल्य ५.८६ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?