+
+

लुक्ला जान हिंडेका रामेछाप विमानस्थलमा अलपत्र यात्रुलाई फाप्लु लगियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १७:२१
लुक्ला विमानस्थल/फाइल तस्वीर

२४ असोज, काठमाडौं । प्रतिकूल मौसमका कारण रामेछापबाट लुक्ला जान कुरेका यात्रुलाई विकल्पका रुपमा फाप्लु लगिएको छ ।

तारा एयरले रामेछापबाट जहाजमा सोलुखुम्बु जान चाहने पर्यटक र यात्रुलाई फाप्लु लगिएको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार कतिपय पर्यटक सडक मार्गबाट समेत फाप्लु प्रस्थान गरेका छन् । फाप्लु पुगेका पर्यटक कतिपय पदयात्रा गरी लुक्लातर्फ लाग्ने छन् भने कतिपय हेलिकप्टरमा समेत लुक्ला जान सक्छन् ।

लुक्लाबाट काठमाडौं फर्कने गरी यात्रु संख्या भने अलपत्र नरहेको उनले जानकारी दिए । निरन्तरको वर्षाका कारण लुक्ला जाने तयारीमा रहेका हजारौं पर्यटक तथा गाइड र अन्य यात्रु रामेछापमै अलपत्र परेका थिए । अहिले काठमाडौंबाट लुक्लामा हुने दैनिक उडान रामेछाप सारिएको छ ।

लुक्लाको मौसम बिग्रिएका कारण हवाई उडान सम्भव नभएको हो । यो पर्यटकीय सिजन हो । खासगरी पदयात्रामा जाने पर्यटकहरु अहिले नेपालमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?