+
+

‘राइट टु रिजेक्ट’ को मुद्दा लिएर भोट माग्दै नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते ११:३५

२५ असोज, झापा । झापा निर्वाचन क्षेत्र नं.२ मा स्वतन्त्र उम्मेदवारी दिएका अधिवक्ता तथा पूर्व पत्रकार स्वागत नेपालले ‘राइट टु रिजेक्ट’को मुद्दा अघि सारेर घरदैलो सुरु गरेका छन् ।

आफ्नो उम्मेदवारी कुनै दल वा दलका नेताका विरुद्ध नभई एउटा अभियानका लागि भएको बताउँदै उनी मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

खराब उम्मेदवारलाई भोट हालेरै अस्वीकार गर्न पाउने अधिकार ‘राइट टु रिजेक्ट’को कानुन बनाउन आफूले एक दशकअघि नै सर्वाेच्च अदालतबाट निर्देशनात्मक आदेश गराएको भए पनि हालसम्म यो कानुन नबनाएकोले अब यसलाई संसदमा मुद्दा बनाउन चाहेको उनले बताए ।

झापामा भोट माग्न व्यस्त नेपालले भने, ‘चुनाव जितेर जाने जनप्रतिनिधिले जनतासँग गर्छु भनेको काम नगरेमा जनताले पदबाट फिर्ता बोलाउन पाउने अधिकार ‘राइट टु रिकल’ लागू गराउन पनि म संघीय संसदको उम्मेदवार बनेको हुँ ।’

झापा क्षेत्र नम्बर २ मा एक महिलासहित २० जना उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?