+
+

पहिचान पुरस्कारका लागि ६ पुस्तक छनौट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १७:२४

२५ असोज, काठमाडौं । पहिचान पुरस्कार कोषले २०७८ को पहिचान पुरस्कारका लागि उत्कृष्ट ६ वटा पुस्तक  छनोट गरेको छ । जसमा बसन्त बस्नेतको महाभारा, केशव सिलवालको चिबेचरा, कविता राईको गुरु, अर्जुनबाबु माबुहाङ र अमित थेवेको सिरिजंगा, फाल्गुनन्द र  ईमानसिंह चेम्जोङका लेखोट, दिलीप वान्ववाको ताल्चा र मालिका केशरीको दुङाल रहेका छन् ।

यसअघि ७ वटा कृतिले पहिचान पुरस्कार पाइसकेका छन् । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको पुस्तक ‘भुइया’, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’ले पहिचान पुरस्कार पाइसकेका छन् ।

त्यसैगरी श्याम साहको कथा संग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदमलाई पनि संयुक्त रुपमा पहिचान पुरस्कार प्रदान गरिएको छ । पहिचान सम्मानबाट लेखक तथा राजनीतिक विश्लेशक खगेन्द्र संग्रौला सम्मानित भएका छन् ।

पहिचान पुरस्कारको राशी चार लाख दुई हजार दुई रुपैयाँ छ । प्रत्येक वर्ष पहिचान पुरस्कारको घोषणा पुस महिनामा हुने कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?