+
+

‘कबड्डी’ निर्देशकको नयाँ फिल्ममा कलाकार हेरफेर : मिरुना आउट, शिल्पा इन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १७:३४

काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको आगामी फिल्म ‘फूलबारी’ छायांकनको अन्तिम चरणमा छ । पारिवारिक कथावस्तुमा आधारित यो फिल्ममा कलाकार हेरफेर भएको खबर छ ।

मिरुना मगर र सिर्जना सुब्बा फिल्मबाट बाहिरिएका छन् भने शिल्पा मास्के र ‘कबड्डी ४’ फेम्ड गौमाया गुरुङको फिल्ममा इन्ट्री भएको छ ।

दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की र प्रियंका कार्कीको समेत प्रमुख भूमिका रहेको फिल्ममा मिरुना र सिर्जना हुने छैनन् । निर्देशक गुरुङले कलाकार हेरेफेर भएको पुष्टि गरे ।

मिरुनाको ठाउँमा शिल्पा मास्के भित्रिएकी छन् भने सिर्जनाको ठाउँमा गौमाया गुरुङ । लण्डनमा रहेकी मिरुना खराब मौसमको कारण समयमै नेपाल आउन नसकेको र सिर्जना ‘छड्के २’को लागि मनाङमा भएकाले आउने तालिका नमिलेकाले उनीहरुलाई फिल्ममा समेट्न नसकिएको गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?