+
+

बलिउड हिरोइन भाग्यश्री पाटन र पशुपतिमा, भन्छिन्- नेपाल सुन्दर र शान्त पाएँ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १८:१२

काठमाडौं । ‘मैंने प्यार किया’ फेम्ड बलिउड अभिनेत्री भाग्यश्री नेपाल घुमघाम गर्दै मंगलबार अपरान्ह स्वदेश फर्किएकी छन् ।

दुईदिने नेपाल बसाइमा उनले पाटन दरबार स्क्वायर र पशुपतिनाथ मन्दिर भ्रमण गरिन् । नेपाल पर्यटन बोर्डको निम्तोमा आएकी उनलाई बोर्डले स्वागत तथा बिदाइ पनि गर्‍यो ।

नेपाल पर्यटन बोर्डले अभिनेत्री भाग्यश्रीको नेपाल घुमघामबारे भिडियो सन्देश जारी गरेको जहाँ उनले नेपाल र नेपाली आफूलाई सुन्दर लागेको र पुनः बालबच्चा लिएर घुम्न आउने बताएकी छन् ।

भाग्यश्रीले नेपाल घुमघामबारे यसरी बताइन् :

म रमणीय काठमाडौ घुम्न आएकी छु । म सधैं यहाँ आउन चाहन्थें, तर मेसो मिलेको थिएन । भारतसँग निकट भएकाले तपाईंलाई जुनसुकै बेला पनि जान मन लाग्छ, तर योजनाले कहिल्यै मूर्तरुप पाएको थिएन ।

यहाँ आइसकेपछि मलाई लाग्यो, काठमाडौं घुम्नैपर्ने ठाउँ रहेछ । दुई दिन घुम्दा मैले नेपाललाई निकै सुन्दर र शान्त पाएँ । म यहाँ रहँदा पाटन दरबार स्क्वायर घुमें, पशुपतिनाथ मन्दिरमा दर्शन गरें । अन्ततः मैले निकै शान्त महसुस गरें ।

नेपालमा घुमघामका लागि धेरै पर्यटकीय ठाउँ छन् । विशेषगरी मेरा बालबच्चालाई पनि ट्रेकिङको लागि नेपाल ल्याउन चाहन्छु । उनीहरुले नेपालमा इन्जोय गर्नेछन् । मौसम अति राम्रो छ । तपाईंले कफी र मःमसँग इन्जोय गर्न सक्नुहुन्छ । मलाई नेपाली परिकार अति मनपर्‍यो ।

नेपालीहरु मायालु पाएँ, आशावादी पनि । बिदा बिदाजस्तो हुनुपर्छ । सप्ताहन्तमा बिदा मिल्यो भने नेपाल आउनुस्, आराम र रमाइलो गर्नुस् । काठमाडौं नेपाल तपाईंलाई स्वागत गर्न तयार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?