+
+

आरजुका पीए विरुद्ध कांग्रेसका बागीले फिर्ता लिएनन् उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १३:२९

२६ असोज, कैलाली । कैलाली ५ (ख) बाट प्रदेश सभा उम्मेदवार बनेका नेपाली कांग्रेसका बागी क्षितिज भण्डारीले नाम फिर्ता गरेनन् ।

निर्वाचन आयोगले तोकेको समय सीमामा उनले नाम फिर्ता गरेनन् । कैलाली ५ (ख)मा प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय प्रकाश देउवा उम्मेदवार बनेका छन् ।

‘आरजुको पीएलाई हराएर म जित्छु । मैले किन फिर्ता लिनु ?’ भण्डारीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीको फोन आएको थियो । फिर्ता गर्दिन भनें ।’

भण्डारी संस्थापनइतर पक्षका हुन् । प्रधानमन्त्री पत्नीका स्वकीय सचिवलाई पार्टीले टिकट दिएपछि उनी बागी बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?